समाज

भाइरल ज्वरोका कारण एकको मृत्यु

हुम्ला–जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविस–२ सिरुपाटा गाउँमा भाइरल ज्वरोका कारण एक किशोरीको मृत्यु भएको छ।

रुघा, खोकी, ज्वरो, टाउको, घाँटी र हातगोडा दुख्ने जस्ता लक्षण देखा परेको र गएको बुधबार जिमा गाविस स्थित सिरुपाटा गाउँ निवासी १७ वर्षीया माग्ली बिष्टको मृत्यु भएको स्वास्थ्य चौकी जिमाका अहेव मञ्जनबहादुर शाहीले जानकारी दिए। अहिले गाउँका दुई दर्जन स्थानीय बिरामी परेका उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालयबाट औषधीसहित चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सरोज अधिकारीले जानकारी दिए।

प्रकाशित: १९ पुस २०७३ ०७:१२ मंगलबार

भाइरल ज्वरोका कारण एकको मृत्यु