समाज

ट्याक्टरले च्यापिर एक विद्यार्थीको मृत्यु

उदयपुर- मोटरसाइकल र ट्याक्टरको बीचमा च्यापिएर एक किशोरको निधन भएको छ। शैक्षिक भ्रमणमा रहेका त्रियुगा नगरपालिका ५ का १२ वर्षीय अभिनय भट्टराईको ट्याक्टर चढ्ने क्रममा पछाडिबाट आएको मोटरसाइकले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्रियुगा नगरपालिका २ स्थित शिवालय मन्दिरको अवलोकन भ्रमणमा आएर फर्कने क्रममा शनिबार ट्याक्टर चढ्ने क्रममा उनी मोटरसाइकल र ट्याक्टरको बीचमा परेर च्यापिएका थिए। ना५च ६९५४ नम्बरको ट्याक्टरमा चढ्न लाग्दा पछाडिबाट आएको स५च २३४० नम्बरको मोटरसाइकलले च्यापिएर गम्भीर घाइते उनको उपचारको क्रममा भारतको सिलिगुढीस्थित अस्पतालमा निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले बताए।

त्रिनपा ५ स्थित जनप्रेमी निमावि भातिखर्कमा ७ कक्षामा अध्ययनरत भट्टाईको उपचार गर्दागर्दै आइतबार राति ११ बजे निधन भएको मृतकका आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। पैदल भ्रमण टोली घर फर्कने क्रममा चिनेको ट्याक्टर चढेर घर जान खोज्दा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रकाशित: १८ पुस २०७३ ०६:२८ सोमबार

ट्याक्टरले च्यापिर विद्यार्थीको मृत्यु