दुई दिनमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित सात जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार चार र बुधबार तीन गरि सात जनालाई प्रहरीले गरेको हो।
दुई दिनमा प्रहरीले सात जनालाई लागु औषधसहित नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेमा छ जना बाँकेका र एक जना भारतीय रहेका छन्। भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर फेला परेको हो।
बुधबार बाँके कोहलपुर नगरपालिका–२ का २३ वर्षिय दिपक विक, सोही ठाउँका १२ वर्षिय एकेन्द्र राना र भारत उत्तर प्रदेश बहराईच जिल्ला मोतिपुर थाना बलैगाउँका १९ वर्षिय दिपेश कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतीय नागरिक चौधरीको साथबाट प्लाष्टिकमा एक पुरिया ३ ग्राम ३ सय ४० मिलिग्राम र एकेन्द्र रानाको साथबाट ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको हो। दुवै जनाको साथबाट ४ ग्राम २ सय ४० मिलिग्राम लागुऔषध फेला परेको छ।
त्यसैगरी मंगलबार लागु औषध ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१५ का ३३ वर्षिय रबिन्द्र थारु, वडा नंम्बर १३ का मनिष डाँगी, वडा नंम्बर ६ का सन्देश थारु र बैजनाथगाउँपालिका–६ का १८ वर्षिय बलराम सिंह थारु रहेका छन्। सन्देश थारुले चलाएको साईकलको सिट मुनी प्लाष्टिकमा २ पुरिया लुकाई छिपाई राखेको अवस्थामाब्राउन सुगर प्रहरीले फेलापारेको हो। फेला परेको ब्राउन सुगर २ ग्राम १ सय ९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। बर्दिया अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैना पोखरले जनाएको छ।
प्रकाशित: २४ चैत्र २०७९ ११:०९ शुक्रबार