समाज

कोषका कर्मचारी शुक्लाले अनशन तोडे, सदस्य सचिव तामाङलाई मन्त्रालय हाँजिर गराइने

कपिलवस्तु- सहमति भए पछि बिभिन्न ५ बुँदे माग राख्दै बिगत १४ दिन देखि असनरतरत लुम्बिनी विकास कोषका कर्मचारी रबिन्द्र प्रसाद शुक्लाले बिहीवार साँझ ८: ३० बजे अनसन तोडेका छन्। सांस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोषका सदस्य सचिवलाई मन्त्रालय मै हाजिर गराउने र अन्य चार वटा माग पुरा गर्ने प्रतिबद्धता जनाए पछि शुक्लाले अनसन तोडेको कोषका नासु माधव प्रसाद आचार्यले बताए। शुक्लालाई कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन – भिक्षु निग्रोध र रुपन्देही क्षेत्र नम्बर ७ का सांसद कलेश्वर पुरी  गोस्वामीले जुस खुवाएर अनसन तोडाएका थिए।

 मन्त्रालयले कर्मचारीहरुको मागका बिषयमा गरेको प्रतिबद्धताका बिषयमा उपाध्क्ष निग्रोधले असनसन स्थल मै पुगेर जानकारी गराएका थिए। कोषका सदस्य सचिव तामाङलाई मन्त्रालय मै हाजिर गराउने र उनले गर्ने कामकाजको जिम्मा भिक्षु निग्रोधलाई दिने मन्त्रालयले निर्णय गरेको छ। कर्मचारीहरुको प्रमुख माग नै सचिव तामाङलाई पदबाट हटाउनु पर्ने थियो। मन्त्रालयले मध्यमार्गी बाटो रोज्दै सविच तामाङलाई अर्को ब्यवस्था नहुन्जेल राख्ने निर्णय गरेको स्रोतले जनाएको छ।

 सचिव तामाङले कोषको कार्यालयमा आफु असुरक्षित भएको भन्दै मन्त्रालयमा शान्ति सुरक्षाको माग गरी निवेदन समेत दिएका थिए। कोषमा भएको अनियमितताको छानबिनकालागि मन्त्रालयले टोली गठन गरी छानबिन गर्ने, कर्मचारीहरुलाई स्थायी गर्ने बिषयमा लोकसेवा आयोगको परामर्श लिई कार्य अघि बढाउने, हटाईएको कर्मचारीलाई बाहाली गर्ने मन्त्रालयले प्रबिद्धता जनाएको नासु आचार्यले बताए।

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङलाई पदबाट हटाउनु पर्ने र आफ्नो सेवा सुविधा लगायतका पाँच सुत्रीय माग लिएर कोषका कर्मचारी रबिन्द्र प्रसाद शुक्ला गत पुस ३ गते देखि आमरण अनसनमा बसेका थिए। गत मंगलवार मन्त्रालयका सह-सचिव घनश्याम उपाध्याय र पर्यटन बिभागका निर्देशक जयराम आचार्य बर्ताकालागि आएका थिए।

मन्त्रालयले मागका बिषयमा प्रतिबद्धता गरेकोले आन्दोलनलाई हालकालागि स्थगित गरेको नासु नमराज अधिकारीले बताए। कोषमा कार्यरत ज्यालादारी, सेवा करारका कर्मचारीहरुको बिगतमा आन्दोलनमा लागेकै कारण काटिएको सिाढे ३ महिनाको तलब उपलब्ध गराउनु पर्ने माग गरिएको थियो। कर्मचारीहरुलाई प्रकृया पुरा गराई स्थायी गुर्नु पर्ने, कोषमा भईरहेको अनियमितता र भ्रष्टाचारलाई रोक्न लेखा र बनस्पति शाखालाई छानबिन गरी तत्कालै कारबाही गर्नु पर्ने माग अघि सारिएको थियो। कोषमा स्थीय, करार, सेवा करार र ज्यालादारी गरी १ सय १० कर्मचारीहरु कार्यरत छन्। त्यस मध्ये ६० जना मात्र स्थायी छन्। बिगत १२ बर्ष देखि कर्मचारीहरुको स्थायी पदपुर्ति गर्ने प्रकृया रोकिएकाले आफुहरु मर्कामा परेको ज्यालादारी नासु माधव आचाइले बताए।

 

प्रकाशित: १५ पुस २०७३ १३:२७ शुक्रबार

कोषका कर्मचारी शुक्लाले अनशन तोडे सदस्य सचिव तामाङलाई मन्त्रालय हाँजिर गराइने