समाज

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

ललितपुर– नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

बुधबार नवजात छोरा शिशु जन्माई घाँटी थिचेर हत्या गरी घरको भुइँतलाको शौचालयभित्रको पानी राख्ने ट्याङ्कीमा फालेको अवस्थामा शिशुको शव फेला परेपछि तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरीकाे केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

प्रकाशित: १५ पुस २०७३ ११:५२ शुक्रबार

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ