समाज

बस दुर्घटनामा ९ जना घाइते

रौतहट–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाईते भएको छन्।

काँकडभिटाबाट वीरगंजतर्फ जाँदै गरेको ना४ख ७०४७ नम्बरको यात्रुबाहक बस बिहान साढे ३ बजेको समयमा दुर्घटना हुँदा ९ जना घाईते भएका हुन्। घाइते हुनेमा दुई भारतीय नागरिक पनि छन्।

बिहानको बाक्लो हुस्सुका कारण गुडिरहेको बस दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए।

घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको तथा उनीहरु सबैको अवस्था खतरामुक्त रहेको डिएसपी भण्डारीले जानकारी दिए।

प्रकाशित: १५ पुस २०७३ ०८:०० शुक्रबार

बस दुर्घटनामा जना घाइते