समाज

टपरी बुन्ने प्रतियोगितामा प्रथम भइन् विष्णुमाया

ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्रो दिन भएको टपरी बन्ने प्रतियोगितामा विष्णु गिरी प्रथम भएकी छन्।

कुमारी गुरुङ द्वितीय हुँदा देवी ओझा तृतीय भइन्। पहिलो हुनेले नगद २ हजार, द्वितीय हुनेले नगद १ हजार र तृतीय हुनेले नगद ५ सय रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला जिल्ला समितिका विष्णुमाया श्रेष्ठका अनुसार शान्ता अधिकारी, दिलमाया तामाङ, कृष्णमाया कार्की, मनकुमारी नेपाली, कविता पराजुली, गंगा बराल, नैनकला बराल, लक्ष्मी महतारा र अम्बिका बराललाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।

पात र बुनाइको गुणस्तरीयता, आकार र समयावधि, टपरीको साटसज्जा लगायतलाई आधार मानेर अंक मापन गरी नतिजा निकालिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जनाएको छ। ४८ महिला र २ पुरुष गरी ५० जनाले टपरी बुन्ने प्रतियोगितामा सहभागिता जनाएका थिए। 

प्रतियोगिता अन्तर्गत अहिले कविता प्रतियोगिता भइरहेको छ। साहित्य उपसमितिका संयोजक कमलप्रसाद भट्टराईका अनुसार १९ प्रतियोगी र ५ अप्रतियोगी गरी कविता प्रतियोगितामा २४ जनाले सहभागिता जनाएका छन्। यी प्रतियोगिता सकिएपछि साँझ सांस्कृतिक कार्यक्रम हुने सांस्कृतिक उप समितिका संयोजक कोपिला नेपालीले जानकारी दिइन्। मंगलवारबाट सुरु भएको ५ दिने महोत्सव शनिवार सकिदैंछ।

प्रकाशित: २३ चैत्र २०७९ ११:१६ बिहीबार