समाज

बाराको जंगलमा दुईजना भारतीय युवाको शव फेला

बारा–काटघाटको जंगलमा दुई युवाको शव फेला परेको छ। जंगलमा फेला परेको दुईवटै शव भारतीय युवाको रहेको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले फेला परेको शवको बारेमा अनुसन्धान गर्दा दुवै जना भारत बिहार पूर्वी चम्पारण लक्ष्मीपुर पोखरीयाका स्थानीय रहेको खुल्न आएको बताए।

फेला परेको शव अरुण राम र दीपक रामको रहेको र उनीहरुलाई रुखमा बाँधेर मारेको अवस्था फेला पारेको उप्रेतीले बताए। शवसँगै बरामत भएको कागजपत्रको अधारमा अनुसन्धान गर्दा दुवै जना भारतीय सीमावर्ती गाउँका रहेको र उनीहरु कसरी काटघाटको जंगलमा पुगे भन्नेबारेमा परिवारका सदस्यबाट बुझ्ने कार्य सुरु गरिएको उनले बताए।

‘मृत्यकका परिवारका सदस्यसँग सोध्दा उनीहरुले चार दिनदेखि दुवै जना परिवारको सम्पर्कमा नभएको बताए,’ उप्रेतीले भने, ‘मृत्यकहरुलाई उतैबाट ल्याएर जंगलमा योजना बनाएर मारेको हुन सक्छ।’
 

प्रकाशित: १४ पुस २०७३ ०४:५१ बिहीबार

बाराको जंगलमा दुईजना भारतीय युवाको शव फेला