समाज

एक ट्याक्टर काठसहित सहनी पक्राउ

रौतहट- राष्ट्रिय वन क्षेत्रबाट अवैधरुपमा चोरी गरी लैजाँदै गरेको एक ट्याक्टर काठसहित एक जना पक्राउ परेका छन्। नुनथर महादेव स्थान नजिकको वनबाट काँचो सालको गोलिया काठ तस्करहरुले कटान गरेर ना२त ६२६४ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा पौराइबाट खटिएको प्रहरी टोलीले देवराज सहनीलाई पक्रउ गरेको हो। करिब ६० क्युविक फिट सालको काठ ट्याक्टरमा लगिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

वनबाट हुने तस्करी रोक्न प्रहरीले गस्ती बढाएको छ। पक्राउ परेका काठ र ट्याक्टर चालक सहनीलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरमा पठाइएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।

प्रकाशित: १३ पुस २०७३ ११:२० बुधबार

ट्याक्टर काठसहित सहनी पक्राउ