समाज

अग्निपीडितलाई सिरक वितरण

भगिश्वर लिम्बू

तेह्रथुम– आठराई संक्रान्ति बजारमा गत पुस १ गते भएको आगलागीका अग्निपीडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ।

संक्रान्तिबजार आइपुगेका समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा औपचारिक कार्यक्रमको आयोजना गरी अग्निपिडित ७३ परिवारलाई १÷१ थान सिरक वितरण गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष गजेन्द्र इस्वोले अग्निपिडित परिवारको यो दुःखद घडीमा सबै सरोकारवाला सहयोगीहरुले साथ दिनु पर्नेमा जोड दिए।  

जाडोको मौसमा पीडितहरुको समस्यालाई न्यानो बनाउन १ लाख ४६ हजार बराबरको ७३ थान सिरक उपलब्ध गराइएको समाजका केन्द्रीय महासचिव सन्तोष कुरुङवाङले जानकारी दिए। उक्त सामग्री समाजको अगुवाईमा विभिन्न व्यवसायी व्याक्तिहरुबाट संकलन गरेर पिडितहरुलाई उपलब्ध गराएको बताइएको छ।

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्ति बजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए। आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ। अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वरुप जिन्सी तथा नगद आउने क्रम जारी छ।

प्रकाशित: १२ पुस २०७३ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App