समाज

पोखरामा बस दुर्घटना, १३ घाइते

पोखरा-पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

पोखरा–२४ कृस्तिनाच्ने चौरबाट बिहान छुटेको ग१ख ३१२२ नं को बस शिवालय चोकबाट फर्काउने क्रममा सडकबाट १३२ मि तल जङ्गलमा खसेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको, पाँच जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको तथा बाँकी उपचारपछि घर फर्किसकेको बताइएको छ ।

अधिकांश घाइतेको टाउको, हातखुट्टा लगायत शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । बस फर्केपछि चढ्नुपर्ला भनी बाटोमा कुर्दै बसेका प्रत्यक्षदर्शी छोरेपाटन मावि ११का सबिन पौडेलले हेर्दाहेर्दै आँखा अगाडि बस जङ्गलमा खसेको बताउँदै दुर्घटनाको अवस्था हेर्दा मानवीय क्षति कम भएको जानकारी दिए ।

घटना हुनासाथ च्यापिएका बसका चालक र अर्का एक व्यक्तिलाई स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । गाडीका चालक र सहचालक गम्भीर घाइते छन् । उपचारमा आएकामध्ये पाँच जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रासस

प्रकाशित: १२ पुस २०७३ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App