ताप्लेजुङ- पूर्वको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरबाट भेटी र सहयोग गरेको रकम चोरी भएको छ। तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्वर्दन समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको हो।
दाताले दिएको सहयोग र तिर्थार्लुले मन्दिरमा चढाएको रकम समेत गरी मन्दिरको लकर फोरेर यो रकम चोरी भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्धन समितिका सह-सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार मन्दिर परिसरमा रहेको पुजारीका लागि यस अघि बनाईएको पुरानो भवनको भित्री भागको सिलिङबाट कोठामा प्रबेश गरी रकम चोरिएको छ।‘सिलिङबाट भित्र प्रवेश गरी लकर फोरेर पैसा चोरिएको हो’काफ्लेले भने। उनका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारी स्वरुप गनेर राखिएको रकम उक्त रकम चोरी भएको हो । काफ्लेले चोरी भएको मध्ये मोटो रकम पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले दिएको सहयोग रहेको र वाँकी मन्दिरका तिर्थालुले चढाएको दान रकम रहेको जानकारी दिए।
प्रकाशित: ११ पुस २०७३ १०:३५ सोमबार