समाज

ग्याँस टयांकर पल्टिंदा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्यांकर पल्टिंदा नाम, थर र ठेगाना नखुलेका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। ट्यांकरमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती  र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ। अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो। ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो। रासस

प्रकाशित: २० चैत्र २०७९ ०४:३९ सोमबार

ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको इच्छाकामना गाउँपालिका-४ लेवाटार