समाज

मध्यपुर ठिमीलाई आध्यात्मिक नगरी बनाउन आग्रह

जीवन विज्ञान नयाँ थिमीले चारदोबाटोस्थित थिमी ब्यांक्वेटमा शनिबार आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरेको छ।

विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठान, आध्यात्मिक एवं बुद्धिजीवीलगायत स्थानीयको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले दशौं हजार वर्षदेखि प्रयोगमा आएको वैज्ञानिक अध्यात्मले जनजनको सर्वाङ्गीण विकास गर्ने भएकाले कला, धर्म र संस्कृतिमा धनी रहेको थिमि नगरपालिकालाई आध्यात्मिक नगरीका रूपमा विकास गर्न मेयर र उपमेयरलाई आह्वान गरेका छन्।

जीवन विज्ञानका अर्का संस्थापक रमेश नेपालले शारीरिक, मानसिक, प्राणिक, भावनात्मक, बौद्धिक, आत्मिक र परम् स्वास्थ्यबाट मात्र सुख, शान्ति र समृद्धि हुने भएकाले यसतर्फ लाग्न कार्यक्रममा सहभागीलाई प्रेरित गरेका छन्। नेपाल र विदेशमा गरी चार सय ठाउँबाट जीवन कार्यक्रम सञ्चालन भइरहेको समेत उनले जानकारी दिएका छन्। नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले जीवन विज्ञानका कार्यक्रमले समाजमा आइरहेको परिवर्तनका बारेमा चर्चा गरेका थिए। 

प्रकाशित: १९ चैत्र २०७९ ०४:०२ आइतबार

जीवन विज्ञानका कार्यक्रम समाजमा आइरहेको परिवर्तन