समाज

करेन्ट लागेर १५ घाइते

बारा–बड्की फलवरियामा गाविस– ८ सनफुलवा टोलमा मंगलबार विहान  ११ बजे ११ हजार भोल्ट विद्युत प्रवाह गर्ने तार चुडिँदा एक दर्जन भन्दा बढी घाइते भएका छन्।
११ हजार भोल्ट विद्युत प्रवाह गर्ने तार अचानक चुडिँएर गाउँमा घर घरमा बितरण गरिएको ४ सय  भोल्टको तारमा झरेपछि विद्युत सर्ट भइ टोलभरी बढी करेन्ट प्रवाह हुँदा १५ जना घाइते भएको कलैया विद्युत वितरण केन्द्रले जनाएको छ।

बढी करेन्ट प्रवाह हुँदा ग्राहकको लाखौं मूल्य बराबरको विद्युतीय सामग्री जलेर नष्ट भएको विद्युत बितरण केन्द्र कलैयाको प्रमुख बिनोद चौधरीले बताए।
ग्रामिण क्षेत्रमा विद्युत वितरणका लागि विस्तार गरिएको विद्युतीय तार चुडिँदा स्थानीय घाइते मात्र भएको उनले बताए।

प्राधिकरणले पुरानो तार फेर्न बेवास्ता गरेका कारण अचानक चुडिँएको स्थानीय शिवशंकर यादले बताए। तार चुडिँदा विद्युत सर्टभइ भएको घटनामा स्थानीय शान्ति देवी यादव,  रामनारायण यादव, सकुन्तला देवी, भजमुला देवान, शिवकुमारी देवी, प्रमिला देवी, रिन्कु देवी र  मिरा देवी लगायतका १५ जना घाइते भएको यादवले बताए ।

घाइते मध्ये ९ जनाको कलैया अस्पताल र अन्यको भारतको छौडादानो उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । करेन्ट प्रवाह हुँदा सनफुल्वा टोलका ६५ घरमा रहेका टेलिभिजन, मोटर, पंखा, फ्रिज, बत्ति लगायतका विद्युतीय उपकरण जलेर बिग्रिएको उनले जनाए।
 

प्रकाशित: ५ पुस २०७३ ११:२४ मंगलबार

करेन्ट लागेर १५ घाइते