समाज

१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु

रोल्पा– धवाङ–६ बस्ने अमरबहादुर बुढाले आफ्नै १५ दिनको छोरा अवय बुढालाई खेलाउने क्रममा हातबाट खसेर छोराको मृत्यु भएको छ।

बाबुले खेलाउने क्रममा खसेर काठको फलेकमा पर्दा शिशु अवयको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले बाबु अमरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: ४ पुस २०७३ ०८:१४ सोमबार

१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु