समाज

युवती ओमान पठाउने पक्राउ

काठमाडौं- नेपाली युवतीलाई आकर्षक तलब भत्ताको प्रलोभनमा पारी ओमान पठाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी दुम्कीबास–३ घर भई काठमाडौं बसुन्धारा बस्ने ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ घर भई मोरङ विराटचोक इन्द्रपुर–४ बस्ने ४६ वर्षीय पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बू र रुपन्देही देवदह–२ बस्ने ४१ वर्षीय हरिप्रसाद थारू छन्।

उनीहरूलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान कार्य गरिरहेको छ। उनीहरूले कुवेत पठाई काम दिलाउने भनी युवतीलाई सुनौलीबाट भारतको नयाँदिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुबईबाट ओमान पठाउने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ पुस २०७३ ०३:१३ सोमबार

युवती ओमान पठाउने पक्राउ