समाज

प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन कार्यपालिका कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिृकत अनन्तपाणी मरासिनी र उक्त गाउपालिका वडा न. ७ का अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई घुस सहित नियन्त्रणमा लिएको छ।

अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिकृत मरासिनी र यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनकालागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो।

अख्तियारले यी व्यक्तिलाई बिहीबार शुद्धोधन गा“उपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १६ चैत्र २०७९ ०७:५९ बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रशासकीय अधिृकत अनन्तपाणी मरासिनी अध्यक्ष भीम बहादुर यादव बिनोद भर