समाज

तीन किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ

काठमाडौं- तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

ड्रागन एयरको उडानद्वारा हङकङतर्फ जान लागेका पर्वत, लेकफाँट–८ का ३५ वर्षीय अबिरशेर पाइजा मगर र कास्की, गैरीगाउँ–८ का ६४ वर्षीय नरमान गुरूङलाई हेण्डब्यागभित्र लुकाई छिपाई लैजाँदै गरेको तीन किलो  लागूऔषध चरेश ३ केजी ४ ग्राम सहित प्रहरीले पक्राउ गरेको हो।  

यसैगरी काठमाडौं महानगरपालिका–१३ स्थित कालीमाटी तरकारी बजारबाट काठमाडौं, चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारा डेरा गरी बस्ने मकवानपुर, टिस्टुङ्ग–५ का २७ वर्षीय सुजन तामाङ्गलाई गाँजाको धुलो चरेस बनाउने कच्चा पदार्थ ४ सय ७० ग्रामसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ। साथै उनको डेरा कोठाबाट गाँजाको धुलो चरेस बनाउने कच्चा पदार्थ ७ केजी ७ सय ३० ग्राम, नगद ५ हजार र मोबाईल १ थान समेत प्रहरीले बरामद गरेको जनाएको छ।

प्रकाशित: २ पुस २०७३ ११:५३ शनिबार

किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ