समाज

विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर

काठमाडाैं- ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा  दुर्घटना भएकाे छ। दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा युवराज खत्री रहेको प्रहरीले जनाएको छ।

घाइतेको उपचार मनमोहन मेमोरियल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। २६ जना विद्यार्थी बाेकेकाे बा२ख ६९२२ नम्बरको बस शनिबार बिहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

कक्षा ११ काे परीक्षामा राम्राे नतिजा ल्याएपछि उनीहरू खुसीयाली मनाउन मकवानपुर जाँदै थिए। 

प्रकाशित: २ पुस २०७३ ०३:३९ शनिबार

विद्यार्थी बोकेको बस दुर्घटना को मृत्यु जना गम्भीर