समाज

मासु पसल अनुगमन: ११ किलो सात सय ग्राम मासु जफत गरी नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा ९ वटा मासु पसलहरुको बुधबार अनुगमन गरिएको छ।अनुगमनमा अधिकांश मासु पसलहरु दर्ता नभएको र फ्रिजमा राखेको मासुसमेत विग्रिएकोले ११ किलो सात सय ग्राम जफत गरी नष्ट गरिएको छ।

अनुगमन टोलीले महमद समीर मिट शप पसलमा तीन दिनभित्र दर्ता गर्न, मुल्यसूचि राख्न, सेतो एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ। च्वङ्गा गणेश मिट हाउस, न्यु दि मनकामना मिट हाउस र बाराही मासु पसललाई पसल नवीकरण गर्न सरसफाइमा ध्यान दिन र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको छ। त्यस्तै रामकृष्ण शाहीको मासु पसल तीन दिनभित्र दर्ता गर्न, एप्रोन सेतो प्रयोग गर्न, फ्रिज विग्रिएको हुनाले दुर्गन्धित भएकोले मर्मत गर्न, तराजु डिजिटल प्रयोग गर्न र नापतौल विभागमा नवीकरण गर्न, मूल्यसूचि राख्न, साइनबोर्ड राख्न निर्देशन दिई विग्रेको मासु २ किलो ७ सय ग्राम जफत गरी नष्ट गरियो। पासा मिट सपमा दर्ता प्रमाणपत्र पसलमा नभएकोले दर्ता नभए दर्ता गरी दर्ता प्रमाणपत्र लिई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन, मूल्यसूचि राख्न, विग्रेका फ्रिज हटाउन वा मर्मत गर्न, एप्रोन सेतो प्रयोग गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो। उदयपुर फ्रेस मिट सपमा पसल नवीकरण गर्न, मूल्यसूचि राख्न, विग्रेको फ्रिज मर्मत गरी प्रयोग गर्न वा मर्मत नहुने भए प्रयोग नगर्न र विग्रेको मासु ९ केजि जफत गरी नष्ट गरियो भने तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षणमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

उदपुरे मासु पसल दर्ता प्रमाणपत्र नभएकोले दर्ता नभए दर्ता गरी प्रमाणपत्र लिई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिई फ्रिज सफा र व्यवस्थित गर्न, मुल्य मूल्यसूचि राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो। सिनर्जी मिट मार्ट प्रा.लि. र बद्री प्रसाद भुसालको मासु पसललाई तीन दिनभित्र दर्ता गर्न, मूल्यसूचि राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको छ।    

अनुगमनमा समितिका सदस्य ज्ञानबहादुर मानन्धर, सदस्य सचिव एवम् भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक बाबुराम लामा, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी र जिल्ला प्रशासन कार्याल भक्तपुरको सहभागिता थियो।

प्रकाशित: १५ चैत्र २०७९ ०५:३४ बुधबार