समाज

तेह्रथुममा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

तेर्हथुमको संक्रान्ति बजार। फाइल तस्बिर

भगिश्वर लिम्बू-
तेह्रथुम–तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले अाधा दर्जन घर जलेका छन् भने १६ वटा घर संभावित जोखिममा रहेका स्थानीय छबि कन्दङवाले बताए।

बिहान साढे ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर रहेकोले अझै घरहरु जल्ने सम्भावना रहेको भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ। बचाउन सकिने घरका सामानहरु सार्न र आगो निभाउन स्थानीय सक्रिय छन्।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी लागिरहेका छन्। एउटा स्काभेटर प्रयोग गरेर निभाउन प्रयास भैरहेको स्थानीय अमृत बास्तोलाले  बताए।

सक्रान्ती बजारमा १ सय ५० घर हरेका छन्। आगलागी नियन्त्रणका लागि छिमेकी जिल्ला फिदिमबाट दमकल झिकाईएको प्रमुख जिल्ला अधिकारी मुनका न्योपानेले बताईन्।

प्रकाशित: १ पुस २०७३ ०७:१४ शुक्रबार

तेह्रथुममा भीषण आगलागी नियन्त्रण