समाज

प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ मनाइएको छ।प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सो उत्सव गरिएको हो।

लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो। उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले प्राचिन कपिलवस्तुको विकासमा अब ढिलाई गर्न नहुने बताईन। उनले तिलौराकोटलाइ अब विश्व संपदामा सुचीकृत गर्न ठोस काम र पहल गर्नु पर्ने बताईन।  

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे। उनले कपिलबस्तुुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदाहरु रहेको तर, उत्खनन हुन नसकेको बताए। अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलबस्तुुमा निकै सुुस्त गतीमा उत्खनन हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको बताए। उनले पुरातत्व विभागलाई उत्खनन गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे। 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेकुमार त्रिपार्ठी ले पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाई भएको बताए। उनले तिलौराकोटलाई आगामी सन् २०२४ मा विश्व सम्पदा सूूचीमा सूूचिकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरि तयारी गरिएको बताए। उनले कपिलबस्तुुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए।

यस्तै कार्यक्रममा पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि उच्च प्राथिमिकतामा राखेको बताउँदै त्यसका लागि विभागले उत्खननलाई पनि तिव्रता दिएको बताए। उनले कपिलबस्तुमा अझै ठूूलो स्केलमा उत्खनन र देखिने गरि काम गर्नुपर्ने खाँचो रहेको बताए।सम्पदा उत्सवमा दुुर्हम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङघम र पुरातात्व विभागका पुरातात्व अधिकृत विष्णुु पाठकले पछिल्लो पटक गरेको उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालिन अवशेषहरु फेला परेको जानकारी गराएका थिए। कार्यक्रममा भाषा सस्कृतीका बिषयमा प्यानल छलफल समेत गरिएको थियो। आदिवासि जनजातीको भाषा र सस्कृती सम्पदाका बिषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा बर्षा लेखीले सहजीकरण गरेकी थिईन। 

उत्सवमा थारु कला सस्कृतीहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम अघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो. डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खननबाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराएका थिए। कपिलबस्तुमा प्रत्येक बर्ष तिलौराकोट–कपिलबस्तुु सम्पदा हुँदै आएको कोषका कपिलबस्तुु शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए। उत्सवमा संग्रहालयमा तिलौराकोट रामग्राम लगायतमा भएको उत्खननकाक्रमा भेटिएको पुरातात्विक बस्तुहरुको प्रर्दशन समेत गरिएको थियो।  

प्रकाशित: १४ चैत्र २०७९ ०५:०७ मंगलबार