समाज

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

नवलपरासी–नवलपरासीको कावासोती नगरपालिका—३ मा मंगलबार विहान भएको सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ।

लु ३ त ५१७० नम्बरको ट्याक्टरले ठक्कर दिँदा कावासोती नगरपालिका—१६ का १४ बर्षीय सुवाश विक गम्भीर घाइते भएका थिए।

मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक राजन थापाले बताए।

ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको थापाले जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०७३ ०७:०३ मंगलबार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु