समाज

कठ्याङ्ग्रिएर एक वृद्धाको मृत्यु

महोत्तरी- अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ। गएराति गौशाला नगरपालिका-५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो। 

क्रमिकरुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको स्थानीय लालु सदाले बताए। 

चार जना छोरी मात्र रहेको सदाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै घरमा बस्दै आएको सदाले जानकारी दिए। बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था नगरेपछि गौशालामा रहेको दलित समुदायमा बसोबास गर्ने बासिन्दा नराम्ररी प्रभावित भएका छन्। 

केही समययतादेखि चिसोपनको कारण जनजीवन प्रभावित भएको समयमा स्थानीयले समयमै दाउराको व्यवस्थाको माग गरेका छन्। रासस

प्रकाशित: २७ मंसिर २०७३ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App