समाज

भूविज्ञान प्रदर्शनी हुँदै

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायले दोस्रो भूविज्ञान प्रदर्शनी गर्ने भएका छन् । भूगर्भशास्त्र विभागमा अध्ययनरत विद्यार्थीको संस्था नेपाल भौगर्भिक विद्यार्थी समाजले दोस्रो भूविज्ञान प्रदर्शनी आयोजना गर्ने भएको हो ।

समाजका विद्यार्थी आइतबार कीर्तिपुरस्थित भूगर्भशास्त्र विभाग परिसरमा प्रदर्शनको तयारीमा जुटेका थिए । प्रदर्शनीमा वातावरण, भौतिकशास्त्र विभागलगायत विज्ञान विषयका सबै केन्द्रीय संकाय संलग्न रहने  समाजका अध्यक्ष दीपक गौतमले बताए ।
गौतमका अनुसार प्रर्दशनीमा भूविज्ञानसँग सम्बन्धित विषयका सामग्रीका साथसाथ बारपाक भूकम्पसँग सम्बन्धित  भिडियो प्रदर्शनमा राखिने छन् । प्रदर्शनी विद्यालयका विद्यार्थीका लागि उपयोगी हुने गौतम बताउँछन् । प्रदर्शनी मंसिर २९ देखि पुष १ सम्म हुनेछ ।

प्रकाशित: २७ मंसिर २०७३ ०४:१४ सोमबार

भूविज्ञान प्रदर्शनी हुँदै