समाज

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते (फोटोसहित)

घटनास्थलबाट घाइतेको उद्दार गरिदै। तस्बिरः भगिश्वर लिम्बु

भगिश्वर लिम्बु-

तेह्रथुम-धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो।

मृत्यु हुनेमा एक महिला, एक पुरूष र एक बालिका छन्। २८ जना घाइते उपचारका लागि जिल्ला अस्पताल तेह्रथुमतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

जिरीखिम्ती सडक खण्डको गढी जंगलमा ब्रेक फेल भएर बस खसेको प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालले जानकारी दिए।

मृत्यू हुनेमा संखुवासभा माम्लीङ सल्ले बस्ने बर्ष ४ की अञ्जली होङ छन्। अन्यको सनाखत हुन सकेको छैन।

तेह्रथुममा बस दुर्घटना को मृत्यु २८ घाइते फोटोसहित