समाज

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

काठमाडौं- राजधानीको ठमेलस्थित एक होटलबाट ३५ लाख चोरी गर्ने तीन जना पक्राउ परेका छन्। उनीहरुलाई भक्तपुरस्थित शिवराम धबौन्जारको घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका तीर्थ थापा मगर, चन्द्र थापा मगर र टीका थापा मगर छन्।

उनीहरुसँग रहेको ४ लाख ६५ हजार नगर र बा८०प ७३४१ नम्बरको पल्सर बरामद गरेको छ। टीका थापा मगरको नाममा रहेको जग्गाको लालपूर्जा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

चिनिया नागरिक युबिङ थाङले ठमेलमा सञ्चालन गर्दै आएको ज्यु दे स्याङ होटलबाट चन्द्र थापामगर र तीर्थ थापा मगरले ३५ लाख चोरी गरेर भागेका थिए। उनीहरु दुवै जना सोही होटलमा काम गर्दै आएका थिए।

आवश्कय कारबाहीका लागि तीनैजनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा पठाइएको अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।

प्रकाशित: २४ मंसिर २०७३ ०६:२४ शुक्रबार

ठमेलको होटलबाट ३५ चोर्ने पक्राउ