समाज

भरुवा बन्दुकसहित एक पक्राउ

धनकुटा– धनकुटाको चुङवाङवाट बिहीबार प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई प्रक्राउ गरेको छ।

चुङवाङ गाविस वडा नं. ६ का रामलालसिंह तामाङलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

तमाङले गाँउघरमा बन्दुक पड्काउँदै हिड्ने गरेको सूचना पाएपछि प्रहरी चौकीका ईन्चार्ज दुखन यादवको नेत्रृत्वमा गएको टोलीले घर खानतलासी गर्दा बन्दुक फेला पारेको थियो।

तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ।

प्रकाशित: २३ मंसिर २०७३ १३:०६ बिहीबार

भरुवा बन्दुकसहित पक्राउ