समाज

चरेससहित टर्किस नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो चरेससहित टर्किस नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार विमानस्थलको प्रस्थान कक्षबाट ४४ वर्षीय ओजगुर टानलाई पक्राउ गरेको हो। फ्लाइट नम्बर टिके ७२७ बाट टर्कीको स्तामबुल जान लागेका उनलाई चेकजाँच गर्दा सुटकेसको पिँधमा फल्स बटम बनाई लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त चरेस बरामद भएको ब्यूरोले जनाएको छ। रासस

 

प्रकाशित: २१ मंसिर २०७३ १२:४९ मंगलबार

चरेससहित टर्किस नागरिक पक्राउ