समाज

अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध विदेशी मुद्रा सहित एक अमेरिकीलाई प्रहरीले पक्राउ गरेको छ।  नेपाल एयरलाइन्सको उडानद्वारा दिल्ली जान लागेका राहदानी नम्बर ४८१२४६१५४ वाहक अमेरिकी नागरिक ४५ वर्षीय टेसबुम तेनजिन दोर्जीलाई झोलाभित्र लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर १ सय दरको २ सय थान, ५० दरको २ थान र २० दरको ७ थान गरी जम्मा २० हजार २ सय ४० तथा भारतीय रुपैयाँ १ हजार दरको २९ थान र ५ सय दरको १४ थान गरी जम्मा ३६ हजार रुपैयाँसहित सोमबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई बरामद विदेशी मुद्रासहित आबश्यक कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० मंसिर २०७३ १३:३० सोमबार

अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ