समाज

कस्तुरीको बिना र जडिबुटीसहित दुई पक्राउ

काठमाडौं- सिन्धुपाल्चोक सुनखानी गाविस–८ बस्ने ३१ वर्षीय कार्साङ लामा र जुम्ला सिंजा नराकोट गाबिस–८ बस्ने  १८ वर्षीय लोकेश बुढा क्षेत्रीलाई कस्तुरीको बिना र अन्य जडिबुटीसहित प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

धुम्बाराहीमा कस्तुरीको बिना तथा जडीबुटीको अवैध रुपमा खरिद बिक्री तथा ओसार पसार भइरहेको सूचना प्राप्त भए पछि व्यूरोबाट खटिएको प्रहरीले कस्तुरीको बिना १ थान, वन्यजन्तुको पित्त जस्तो देखिने बस्तु १ थान तथा बिभिन्न प्रजातीका वनस्पती जडिबुटी सहित उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई थप अनुसन्धान एबं आवश्यक कानूनी कारवाहीको लागि ब्यूरोले सोमबार जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ।

प्रकाशित: २० मंसिर २०७३ ११:२२ सोमबार

कस्तुरीको बिना जडिबुटीसहित दुई पक्राउ