समाज

नेपालस्थित अमेरिकी दूतावासको नयाँ वेबसाईट शुरु

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले आफ्नो नयाँ वेबसाईट https://np.usembassy.gov सार्वजनिक गरेको छ।

नयाँ र परिमार्जित वेबसाईट मोबाईल मैत्री हुनुका साथै गृहपुष्ठबाटै भिषा, अमेरिकी नागरिका लागि सेवाहरु, रोजगारका अवसरहरुका साथै अमेरिकी बिदेश नीतिका बारेमा जानकारी प्राप्त गर्न सकिने दूतावाशले जनाएको छ। 

नेपालस्थित अमेरिकी नागरिकहरुले राहदानी, व्यवसायीहरुले नेपाल र अमेरिकामा सञ्चालन गर्न सकिने व्यवसाय र बिद्यार्थीहरुले अमेरिकामा अध्ययन सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने जनाएको छ। नयाँ साईटमा गृह पृष्ठमा साईन-अप गरी ईमेल मार्फत नयाँ गतिबिधीहरु थाहा पाउन सुबिधा समेत राखिएको छ।

प्रकाशित: २० मंसिर २०७३ १०:४८ सोमबार

नेपालस्थित अमेरिकी दूतावासको वेबसाईट शुरु