समाज

चरेस किनबेच गर्दा गर्दै पक्राउ

जाजरकोट- प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट रु ७९ हजारसमेत बरामद गरेको छ।

विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई पक्राउ गरेको बताइएको छ। एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ। रासस

प्रकाशित: २० मंसिर २०७३ ०८:४३ सोमबार

चरेस किनबेच गर्दा गर्दै पक्राउ