समाज

फुटेको ‘ब्यागेज’ हात परेपछि सचिव दवाडीले लेखे, ‘मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो?’

तस्बिर: सचिव गोकर्णमणि दवाडीको ट्वटरबाट

नेपाल एयरलाइन्सको हवाईजहाजबाट सोमबार भारतको नयाँ दिल्ली गएका निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीको ‘लगेज’ इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा बाहिर निस्कने बेलामा फुटेको अवस्थामा हात पारे।

यसपछि उनले आफ्नो ट्वटमा लेखे, ‘मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो?’ सचिव दवाडी सोमबार त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज चढेर दिल्ली गएका थिए।

उनले नेपाल एयरलाइन्स(आरए) लाई मेन्सन गर्दै सोमबार राती ९ः४० मा एउटा यस्तो टुविट् गरेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो?’ उनले यो टुविटको ह्यासट्यागमा कस्टमरकेयर छ।

विदेशबाट फर्किदा काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पन यस्ता समस्याहरु पटक पटक हुने गरेका छन्। विदेशी तथा स्वदेशी यात्रुहरुको ‘ब्यागेज’ फुटाएर सामग्रीहरु निकाल्ने प्रवृत्ति बेलाबखत चर्चामा आउने गरेको छ। यो काम नियतवश र लापरवाहीले हुने गरेको छ। लगेज फुटाएर त्यसभित्रका सामानहरु निकाल्ने र बिगारिने प्रवृत्तिबाट विशेष गरी नेपाली यात्रुहरु बढि प्रभावित छन्। समयमा न्याय नपाएको गूनासोहरु पनि आउने गरेका छन्। 

यस्तै प्रवृत्तिको समस्या नेपाल सरकारका सचिव दवाडीले नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा भोगेका हुन।

प्रकाशित: ७ चैत्र २०७९ ०८:४० मंगलबार

गोकर्णमणि दवाडी