समाज

बेल्बासेलाई पत्रकारिता पुरस्कार

काठमाडौं- भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कवि एवं पत्रकार ठाकुर बेल्बासे सम्मानित भएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पुरस्कार हस्तान्तरण गरेका हुन्। पुरस्कारको राशी  १० हजार १ सय ११ रुपैयाँ रहेको छ। रेडियो टेलिभिजनमा कार्यरत पत्रकार दिइने उक्त पुरस्कारबाट बेल्बासे सम्मानित पाएका हुन्।

यसैगरी भोग्य सगुन  पत्रकारिता अभिनन्न पुरस्कार वरिष्ठ पत्रकार दुर्गानाथ शर्मालाई प्रदान गरिएको छ भने सिता राणा प्रतिभा पुरस्कार स्याङ्जाका कवि विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ। यसैगरी सिता राणा पुरस्कारबाट प्राकृतिक चिकित्साका अध्येयता डा. हरिप्रसाद पोखरेल सम्मानित भएका छन्। सम्मानित सबैलाई कांग्रेस नेता सिंहले पुरस्कृत गरेका थिए।

सो अवसरमा नेता सिंहले सिंहले संविधान  सबैको सहमतिमा जारी भएकाले सबैको सहमतिमा संशोधन हुनुपर्ने बताए। उनले सहमतिमा जारी भएको संविधान संशेाधन गर्दा विरोध गर्नुको कुनै अर्थ नहुने जनाए।

प्रकाशित: १९ मंसिर २०७३ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App