समाज

डा. केसीका मागप्रति प्राध्यापक सुवेदीको ऐक्यवद्धता

काठमाडौं- स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अनशन प्रति ब्रीटेन नेपाल शैक्षिक परिषद तथा ग्लोबल पोलिसी फोरमका अध्यक्ष प्रा.सूर्य सुवेदीले ऐक्यवद्धता जनाएका छन्।

बेलायतको लिड्स विश्व विद्यालयमा प्राध्यापनरत सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीका माग पुरा गर्दै उनको जीवन रक्षाको माग गरेका छन्। उनले विज्ञप्तिमा नेपालको शैक्षिक क्षेत्रको व्यवस्थापन र प्रशासनलाई गैर राजनीतिकरण गर्ने तथा शैक्षिक स्वतन्त्रतालाई प्रवर्दन गर्ने डा. केसीको अभियानप्रति ऐक्यवद्धता जनाएका हुन्। उनले सरकारलाई डा. केसीका मागहरु इमान्दारीपूर्वक सम्वोधनगरी कार्यान्वय गर्न समेत आग्रह गरेका छन्।

नेपालको आर्थिक विकास, सम्वृद्धी र सुसाशन प्रवर्दन गर्न नेपाल सरकारले शैक्षिक स्वतन्त्रताप्रति प्रतिवद्ध हुँदै थप ढिलाई नगरि डा. केसीका माग पुरा गर्न आग्रह गरेका छन्।    

प्रकाशित: १७ मंसिर २०७३ १०:५८ शुक्रबार

डा. केसीका मागप्रति प्राध्यापक सुवेदीको ऐक्यवद्धता