समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं– बुटवल उपमहानगरपालिका–८ भुडकी चोक स्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

पाल्पा देउराली–८ घर भएका बुटवल उपमहानगरपालिका–१२ ट्राफिक चोकमा डेरा गरी बस्ने ५० वर्षीय बिष्णु नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई लुम्बिनी अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

सल्यान बडागाउँ–३ सल्ले टाकुरा भन्ने स्थानमा भे.१ त ३८४७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार बडागाउँ–४ बस्ने ४० वर्षीय लोकबहादुर खत्रीको मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १७ मंसिर २०७३ ०६:३८ शुक्रबार

सवारी दुर्घटनामा दुईको मृत्यु