समाज

नवजात शिशुको हत्या गर्ने आमालाई सर्वस्वसहित जन्मकैद

जाजरकोट– आफैले जन्माएको नवजात शिशुको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत जाजरकोटले सर्वस्व हरणसहित जन्मकैदको फैसला सुनाएको छ ।

परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको भन्दै आफ्नै बच्चालाई हत्या गर्ने भेरीमालिका नगरपालिका १३ कुदुकी कमला विकलाई जिल्ला अदालतले मंगलवार यस्तो सजाय सुनाएको हो। जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले यस्तो फैसला सुनाएको हो ।

पति विदेश गएका वेला परपुरुषसँगको अवैध यौन सम्बन्धबाट जन्मेको शिशुलाई कमलाले हत्या गरेको बताइएको छ।

कमलाका पति राजु विक बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन्। श्रीमान विदेश गएका वेला अर्कै पुरुषसँगको अवैध यौन सम्पर्कबाट  गत  असोज ६ मा  उनले बच्चा जन्माएकी थिइन्। जन्मेको केही बेरमै कमलाले  वच्चाको हत्या गरेर नजिकैको खोलामा फालेकी थिइन्।

कमलाका  ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी र्पुपक्षका लागि कारागार चलान गरेको थियो।
 

प्रकाशित: १५ मंसिर २०७३ १०:०६ बुधबार

नवजात शिशुको हत्या गर्ने आमालाई सर्वस्वसहित जन्मकैद