समाज

अनुदान नपाएका भूकम्प पीडित धुरूधुरू रोए

भक्तपुर-लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् ।

“भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आएका छौँ, छोराको जागीर छैन, चिसोले रोग लाग्दा उपचार गर्ने पैसा पनि छैन,” छालिङकै वृद्धा डल्ली नगरकोटीले आँखाबाट आँसु झार्दै भनिन् – “आफ्नो नाममा जग्गा छैन । मोहीले मञ्जुरीनामा दिएन । लाभग्राहीमा नाम भएपनि सम्झौता हुँदैन भन्छ, हामी गरिबले कसरी बनाउने घर ?”

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार सञ्जालको समन्वयमा मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका– १ छालिङमा आयोजना गरेको भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल विषयको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितले यस्तो गुनासो गरेका हुन् ।

सहभागीले गुठीको जग्गा, मोहीयानी हक भएको जग्गा, श्रीमान्को मृत्युपछि श्रीमतीको नाममा आउन बाँकी जग्गा, अंशबन्डा लगायतको समस्या देखाउँदै अनुदान सम्झौताबाट वन्चित गरेको पीडितले गुनासो गरेका छन् ।

चाँगुनारायण नगरपालिका– १ छालिङकी पुतली बाटाले भूकम्पपछि छाप्रोमा बस्दै आए पनि घर बनाउन अनुदान नपाउने भएको दुखेसो पोखे ।

कार्यक्रममा रुँदै उनले भनिन – “श्रीमान्ले अर्की श्रीमती ल्याएर बसेका छन् । म बसेको घर भूकम्पले भत्काएपछि छाप्रोमा बस्दै आएकी हुँ । श्रीमान्ले अंश नदिँदा र घर बनाउन मन्जुरीनामा समेत नपाउँदा अनुदान सम्झौता गर्न पाइनँ, मलाई न्याय देऊ ।”

उनले आक्रोश पोख्दै भने– “सुजाता कोइरालालाई ५० लाख दिन लालपुर्जा नचाहिने, भूकम्पपीडितलाई ५० हजार दिन लालपुर्जा चाहिने ?”

“भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आएका छौँ, छोराको जागीर छैन, चिसोले रोग लाग्दा उपचार गर्ने पैसा पनि छैन,” छालिङकै वृद्धा डल्ली नगरकोटीले आँखाबाट आँसु झार्दै भनिन् – “आफ्नो नाममा जग्गा छैन । मोहीले मञ्जुरीनामा दिएन । लाभग्राहीमा नाम भएपनि सम्झौता हुँदैन भन्छ, हामी गरिबले कसरी बनाउने घर ?”

चाँगुनारायण– १ छालिङका बुद्धराम बाटाले लालपुर्जा अनिवार्य गर्दा धेरै भूकम्पपीडितले सरकारले दिने अनुदान पाउनबाट वन्चित हुनुपर्ने अवस्था आएको गुनासो गरे ।

उनले आक्रोश पोख्दै भने– “सुजाता कोइरालालाई ५० लाख दिन लालपुर्जा नचाहिने, भूकम्पपीडितलाई ५० हजार दिन लालपुर्जा चाहिने ?”

कार्यक्रममा चाँगु–२ का दिनेश लागेजु र श्रीभक्त चाकुटले वडा कार्यालयमा सम्झौताका लागि कागजी समस्या बढी देखाएर झुलाउने गरेको गुनासो गरे । छालिङकै विमला नगरकोटीले ५० हजारको अनुदान रकमले घरको जग हाल्न पनि नपुग्ने भन्दै सबै रकम एकै पटक दिन माग गरे ।

सहभागी चाँगुका पूर्णबहादुर खत्री, राम बाँनिया, भीमबहादुर थापा, रोशनी गिरी, श्यामकृष्ण लागेजू, साहिली थापामगरलगायतले मोही तल्सिङ भएको जग्गाको लालपुर्जा, गुठीको जग्गाको अस्थायी लालपुर्जा भएकासँग पनि अनुदान सम्झौता गर्नुपर्ने माग गरे ।

राम बाँनियाले सगोलमा लालपुर्जा भएकालाई अनुदान नदिने नीति गलत भएको र यसलाई नसच्याइए चाँगु नगरपालिकाका ७५ प्रतिशत भूकम्पपीडितले सरकारको अनुदान नपाउने बताए ।

लामलिला थापाले ससुराको नाममा लालपुर्जा भए पनि अनुदान नपाएको गुनासो गर्दै भने – “ससुराको नाममा लालपुर्जा छ । सासूको नाममा नामसारी भएको छैन । सासू पहिलो अंसियार भएकाले सासूको नाममा सम्झौता गर्न पनि कर्मचारीले मानेनन् ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईँले भूकम्पपीडितका साना र सामान्य समस्या पनि समाधान नभएको गुनासो बढ्नु राम्रो नभएको भन्दै प्राविधिक र नीतिगत समस्या समाधानका लागि सम्बन्धित निकायले समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सुभद्रा काफ्लेले भूकम्पपीडित लाभग्राहीको सूचीमा धेरै पीडितको नाम छुटेकाले विवरण थप्न माग गरे । रासस

प्रकाशित: १४ मंसिर २०७३ १०:०८ मंगलबार

अनुदान नपाएका भूकम्प पीडित धुरूधुरू रोए