समाज

बाँकेमा अवैध रूपमा भित्र्याउँदै गरिएका कुखुरा बरामद

भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले ठूलो परिणाममा ब्रोइलर कुखुरा बरामद गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका–१० सितलनगरबाट दुई सय १९ वटा ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेको हो।

उक्त कुखुरा करिब एक लाख ५० हजार रुपैयाँ बराबरका छन्। आवश्यक कारबाहीका लागि पशु क्वारिन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको प्रहरीले जनाएको छ। 

भारतबाट कुखुराहरु अवैध तस्करी हुन थालेपछि बाँकेमा उत्पादित कुखुराले बजार र मूल्य पाउन समस्या भएको छ।

प्रकाशित: ३ चैत्र २०७९ १४:१२ शुक्रबार