समाज

प्रहरी प्रशासन विरुद्ध खलंंगामा प्रदर्शन

चोरिएको मूर्ति फिर्ता गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय युवा

जुम्ला–जिल्ला प्रशासन कार्यालय जुम्लासँगै जोडिएको कर्णालीकै ठूलो चन्दननाथ मन्दिरमा करौडौं मूल्यका मूर्ति चोरी भइरहेको भन्दै युवाहरुले खलंगामा प्रदर्शन गरेका छन्।  प्रशासन नजिकैबाट करोडौंको मूर्ति चोरी हुँदासमेत प्रहरीले जानकारी नपाएको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रहरी विरुद्ध चर्को नारावाजीसमेत गरेका छन्।

आक्रोशित युवाहरुको समूहले बजार, यातायत, सरकारी तथा गैरसरकारी कार्यलय बन्द गराएका छन्। उनीहरुले मूर्ति चोर पत्ता नलागेसम्म बन्द जारी रहने बताएका छन्।  युवाहरुले कर्णालीको पहिचान मेटाउने गरी भएको  चोरीको भण्डाफोर गर्नुपर्ने तथा दोषीलाई हदै सम्मको कार्वाही गर्नुपर्ने माग गरेका छन्।  आक्रोशित युवाहरुले जिल्ला प्रहरी कार्यालय नजिकै टायरवालेर विरोध जनाएका छन्।

स्थानीयले जिल्लाको चारैतर्फका पैदल यात्रा गर्ने स्थानमा सेनापरिचालन गरी सर्च अभियान थाल्न माग गरेका छन्। स्थानीय पूर्णसिंह कठायतले ठूलो योजना बनाएर मन्दिरमा चोरी भएको  भन्दै छानविन  गर्न माग गरेका छन्। उनका अनुसार ४७ वर्ष पहिले भैरवनाथ मन्दिरको मूर्ति चोरी भएको थियो।

 

प्रकाशित: १२ मंसिर २०७३ ०६:२७ आइतबार

प्रहरी प्रशासन विरुद्ध खलंंगामा प्रदर्शन