समाज

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी, खलंगामा तनाव

मूर्ति चोरी भएपछि चन्दननाथ मन्दिर परिसरमा जम्मा भएका सर्वसाधारण। तस्विरः डिबी बुढा

जुम्ला— कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट गए राति दुई दर्जन बढी मूर्ति चोरी भएका छन्। बुद्ध, दुर्गा, महाकाली सहित २८ वटा मूर्ति चोरिएको मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीले जानकारी दिए। उनका अनुसार दत्रातयको मूर्ति ६ हात लामो १६ ईन्च चौडाई भएको छ।

मुख्य मन्दिरको ढोका नफुटाइ छानीछानी मूर्ति चोरी भएपछि स्थानीय आक्रोशित भएका छन्। गुठी समितिका उपाध्यक्ष हरि श्रेष्ठ पुजारी, ड्युटीमा बसेको प्रहरी र चोरको मिलोमतो हुनसक्ने बताउँछन्।

उनले अाफू १ बजेतिर पिसाब फेर्न बाहिर गएको बेला सबै मूर्ति चोरिएको जानकारी दिए।

मुख्य मन्दिरको ढोका नफुटाइ छानीछानी मूर्ति चोरी भएपछि स्थानीय आक्रोशित भएका छन्। गुठी समितिका उपाध्यक्ष हरि श्रेष्ठ पुजारी, ड्युटीमा बसेको प्रहरी र चोरको मिलोमतो हुनसक्ने बताउँछन्।

प्रहरी, प्रशासन र पुजारीविरुद्धमा खलंगामा नारावाजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले सयौको संख्यामा प्रहरी परिचालन गरेको छ। मन्दिरका पुजारी सहित मन्दिरमा बस्ने व्यक्तिलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानिय पूर्णसिंह कठायतका अनुसार १४ सय वर्ष पुराना मूर्ति चोरी भएका हुन्। सबैभन्दा ठूलो दत्रातयको मूर्ति २००८ सालमा निर्माण गरिएको उनले जानकारी दिए। ५ धान्नी चाँदी,३ तोला सुनको जलप लगाएका मूर्ति चोरिएका हुन्।

आक्रोशित कर्णालीबासीले चोरिएका मूर्ति फिर्ता गराउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले मन्दिर संग सलग्न सवै माथि अनुसन्धान हुने बताएको छ।

मन्दिर आसपासका क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। स्थानीयले चोरीमा प्रहरी प्रशासनको संलग्नताको आरोप लगाउँदै प्रदर्शन थालेका छन्।

प्रकाशित: १२ मंसिर २०७३ ०४:३४ आइतबार

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी खलंगामा तनाव