समाज

बाजुराबाटै बारपाक देखेपछि बालबालिका मख्ख

कृष्ण ओली

बाजुरा- गोरखाको बारपाक। २०७१ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको केन्द्रविन्दु। बारपाक नामले परिचित भए पनि बाजुराका बालबालिकाको लागि दृश्यमा नदेखिएको ठाउँ थियो । तर शनिबार बाजुराका अधिकांश बालबालिकाले बारपाक देख्न पाए। तर उनीहरु भौतिकरुपमा बारपाक पुगेका होइनन्। शनिबार बारबापक र बाजुराका बालबालिकाहरु बीचमा दृष्य सम्वाद मार्फत यो सम्भव भएको हो।

दृष्य सम्वाद मार्फत बाजुराका बालबालिकाले भूकम्पपछिको बारपाकको अवस्था बारे समेत बुझ्न पाएका छन्। भिडियो अनलाईन मार्फत दुबै स्थानका बालबालिकाले प्रत्यक्ष कुराकानी गर्न पाएका छन् । बाजुरा र बारपाक बारे आधारभुत जानकारी एकले अर्कालाई जानकारी गराएका छन्।

एकले अर्काको बारे जान्ने र सिकाई तथा अवस्था बारे जानकारी आदान प्रदान गर्ने अवसर पाएपछि बालबालिका मख्ख देखिन्थ्ये । बारपाकमा स्थानीय गाउँका बालबालिका सहभागि थिए भने बाजुराका प्रत्येक गाविस र नगर क्षेत्रमा बस्ने बालबालिका सहभागि थिए । उनीहरुले भूकम्प बारे जानकारी आदान प्रदान गरेको चंगा फाउन्डेशनका उन्नती कोइरालाले बताईन।

बाजुरा र बारपाकबीचको संवाद तथा अवस्था बारे जानकारी गराउन युनिसेफ नेपालको सहयोग, चंगा फाउन्डेशन र मिटिङ्ग प्वाईन्टको समन्वयमा सम्भवन भएको हो । बालबालिकाले एक अर्का समुदाय बीचको समानता, धर्म सँस्कृति, रहन सहन र भुकम्पले पुर्याएको क्षति बारे अनुभन आदान प्रदान गरेका थिए।

प्रकाशित: ११ मंसिर २०७३ १३:१७ शनिबार

बाजुराबाटै बारपाक देखेपछि बालबालिका मख्ख