समाज

महिला हिंसाविरुद्ध हटलाइन सुरु

काठमाडौं- महिला हिंसाका घटनालाई न्युनिकरण गर्नको लागि ‘महिला हटलाइन’ सेवा सुरु भएको छ। घरेलु, समाजिक, राजनैतिक, यौनिक, मानसिक वा अन्य जुनसुकै प्रकारको हिंसाबाट पीडित महिलालाई तत्काल राहत दिनको लागि ओरेक नोपलले ‘महिला हटलाइन’ सेवा सुरु गरेको छ।

राष्ट्रिय महिला आयोगको कार्यालयमा २५ औं महिला हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत आयोजित कार्यक्रममा ओरेक नेपालकी अध्यक्ष रेणुराज अधिकारीले जानकारी दिए।

अध्यक्ष अधिकारीका अनुसार ‘महिला हटलाइन’ टेलिफोन सेवाले हिंसा भइरहेको थाहा पाउनुको साथै हिंसा रोक्ने कार्यको लागि काठमाडौं, विराटनगर, कैलाली र दाङ गरी चार ठाँउमा सेवा उपलब्ध रहेको छ। काठमाडौंको लागि १६६००१७८९१०, विराटनगरको लागि १६६०२१५२०००, कैललीको लागि १६६०८२५६१११ र दाङ्गको लागि १६६०९१५२२२२ ‘महिला हटलाइन’ सेवा नम्बर उपल्ब्ध गरिएको जानकारी ओरेक नेपालले दिए।

प्रकाशित: १० मंसिर २०७३ १२:३२ शुक्रबार

महिला हिंसाविरुद्ध हटलाइन सुरु