समाज

चितुवा आक्रमणबाट दुईजना घाइते, मान्छेलाई आक्रमण गर्ने चितुवा मृत फेला

चितुवा आक्रमणमा परेर दुईजना घाइते भएका छन्। बुधवार बिहान कालिज फार्ममा पसेको चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो। मान्छेलाई आक्रमण गरेको चितुवा मृत अवस्थामा फेला परेको छ।

पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित ध्रुव थापा लगायतका व्यक्तिले संचालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवा पसेको थियो। फर्ममा पसेको चितुवाले सोही फर्ममा काम गर्ने कास्की रुपा गाउँपालिका–४ का २८ वर्षका श्रीकृष्ण मल्लठकुरीलाई आक्रमण गरेको थियो।  

फार्मबाट बाहिर निस्कने क्रममा चितुवाले ३२ वर्षका राजेश तिमिल्सिनालाई पनि आक्रमण गरेको थियो। आक्रमणबाट घाईते भएका दुवैजना घाईतको उपचार भईरहेको प्रहरीले बताएको छ। वडाप्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार घाईतेलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा ल्याइएको थियो।

मान्छेमाथि आक्रमण गरेको चिुतवा झाडिमा लुकेको थियो। तर, स्थानीयबासी, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास गर्दा चितुवा मरेको अवस्थामा झाडिमा फेला परेको जोशीले जानकारी दिए । मृत चितुवा वन कार्यालयलाई बुझाइएको थियो।

प्रकाशित: १ चैत्र २०७९ ०८:२० बुधबार

चितुवा आक्रमण