समाज

चावहिल क्षेत्रमा खनेको सडकमाथि फलामे पाता

सडकमा बिच्याइएको फलामे पाता। तस्बिरः नागरिक

काठमाडौं-अर्को वर्ष असोजभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले राजधानीमा पाइप बिछ्याइरहेको छ।

पाइप बिछ्याउने क्रममा खनेका सडकमा गाडी फस्न थाले पछि सवारी र यात्रु मर्कामा छन्। मंगलबार पनि चावहिल–जोरपाटी सडकमा मालबाहक ट्रक फसेको थियो।

निर्देशनालयले बुधबार यसको अस्थायी समाधान गर्न खनिएको सडकमा फलामका पाता ओछ्याएको छ। खनेको सडकले सर्वसाधारणलाई भएको असुविधाप्रति निर्देशनालयले क्षमायाचना पनि गरेको छ।

प्रकाशित: ९ मंसिर २०७३ ०८:४१ बिहीबार

चावहिल क्षेत्रमा खनेको सडकमाथि फलामे पाता