समाज

‘कुलमानजीको मेहनत र कार्यक्षमतामा गर्व छ’

काठमाडौं–गत बर्ष यहि समयमा राजधानी काठमाडौंका उपभोक्ताले ७–८ घण्टा लोडसेडिङ झेलिरहेका थिए। अहिले लोडसेडिङ शून्य छ। लोडसेडिङ खेप्न अभ्यस्त भैसकेका उपभोक्ताका लागि राजधानीको शून्य लोडसेडिङ ‘अपत्यारिलो सत्य’ बनेको छ।

विद्युतको उज्यालोमा रमाएका उपभोक्ताका लागि हिजोआज केही क्षण लाईन नआउँदा छट्पटी हुने गरेको छ। ‘फुल टाईम’ विद्युत पाएका उपभोक्ताको ‘उज्यालो सन्तोष’ कायमै रहला? यसका लागि पर्खेर हेर्नै पर्ने हुन्छ।

‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ मन्त्री शर्मा भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्मा यतिबेला विद्युत उपभोक्ताका धन्यवाद पात्र बनेका छन्। तर उपभोक्ताको शंका र पिरलो भने कायमै छ–फेरी उज्यालो खोसिने त हैन?

उर्जामन्त्री जनार्दन शर्माले उपभोक्ता र व्यवसायीबाट सकारात्मक सहयोगको अपेक्षासहित राजधानीमा शून्य लोडसेडिङ कायमै राख्न सकिने विस्वास व्यक्त गरेका छन्। त्यसका लागि सम्बन्धित सबै संयन्त्र सशक्त र चुस्त परिचालन गरिएको उनले बताए।

पहिलो परीक्षणका रुपमा राजधानीलाई लोडसेडिङ मुक्त बनाउनका लागि राजधानीको माग र आपूर्ति सन्तुलन मिलाउन वैकल्पिक उपायहरुमा गृहकार्य भैरहेको मन्त्री शर्माले बताए। यो वर्ष राजधानीका उपभोक्ताले लोडसेडिङ तालिका भित्तामा टाँस्नु नपर्ने उनको विश्वास छ।

‘यो बर्ष सफल भयौं भने सधैका लागि लोडसेडिङ हट्छ, हामी यो चुनौतीको सामना गर्न उच्च मनोबलमा काम गरिरहेका छौं, यसमा सबैको साथ र सहयोग आवश्यक पर्छ।’

‘यो बर्ष सफल भयौं भने सधैका लागि लोडसेडिङ हट्छ, हामी यो चुनौतीको सामना गर्न उच्च मनोबलमा काम गरिरहेका छौं, यसमा सबैको साथ र सहयोग आवश्यक पर्छ।’ मन्त्री शर्माले भने ‘हाम्रो लक्ष्य शून्य लोडसेडिङ हो।’
मन्त्री शर्माले लोडसेडिङ अन्त्य भएर जनताको अनुहारमा चमक देख्न पाए त्यसमा सन्तोष मिल्ने बताए। 

‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ उनी भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’

मन्त्री शर्माले अहिलेको उपलब्धि कसरी हासिल भयो? कुलमानको कार्यकुशलता र उर्जा सचिवसहित मन्त्रालयको संयोजन र कार्यकुशलताका भित्रि तथ्यहरुबारे ‘नागरिक शो’ का लागि गरिएको यो संवादमा खुलाएका छन्।

प्रस्तुत छ उर्जा मन्त्री शर्मासँगको नागरिक शोः

 

 

प्रकाशित: ९ मंसिर २०७३ ०५:३० बिहीबार

कुलमानजीको मेहनत कार्यक्षमतामा