समाज

दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

दमक—पूर्व–पश्चिम राजमार्गको झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे३प ७६३६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे२प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय सचिन राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको हो।

दुर्घटनामा अर्का मोटरसाइकलका चालक लखनपुर–५ का सुरेस माझी गम्भीर घाइते भएका छन् । घाइते माझीको विराटनगरस्थित न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रासस

प्रकाशित: ८ मंसिर २०७३ ०८:५४ बुधबार

दुई मोटरसाइकल जुध्दा जनाको मृत्यु