समाज

जसपाका बारा जिल्ला अध्यक्ष अजय पटेल प्रहरी नियन्त्रणमा

जसपाका बारा जिल्ला अध्यक्ष अजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

करोडौको जग्गा किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबि)ले नियन्त्रणमा लिएको हो। 

सिआइबीकाे टोलिले बारा जिल्ला स्थित ६० करोड भन्दा बढी पर्नेे जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारीको मिलेमतोमा हडप्न खोजेको आरोपमा ज्नियन्त्रणमा लिएको हो। उनले आफू हुदै नभएको मोहि कायम गराउन खोजेको किर्ते कागाजात तयार पारेका थिए। 

पटेलललाइ बारा जिल्ला वडा नम्बर ६ बहुअरीको कित्ता नम्बर ४ को ६ बिगाह वडा नम्वर ८ को कित्ता नम्बर १३४ को ३ बिगाह र कित्ता नम्बर १४८०,१०७८ र१४७९ गरि १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरि १० बिगाह १५ कठ्ठा क्षेत्रफल रहेको जग्गाको नक्कली कागज बनाइ हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा लागेको छ।

काठमाडौ बिशालनगर निवासि बिजयमणि दीक्षितको नाम रहेको जग्गामा जनता समाजबादी पार्टिको झण्डानै गाडि कब्जामा लिएर पोखरी खनि माछा पालन ब्यवसाय चलाउदै बार्षिक लाखौ कमाउदै आएका पटेलले आफ्नै नाममा राख्न खोजेको तथा मोही हक लगाउन खोजेको आरोप लागेको छ। 

जग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा २ कार्यालय पुग्दा र ज्ग्गा खरिद गर्न भनी हेर्न जादा पटेल सहित आएको समुहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए। हाल पक्राउ परेका पटेललाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भै रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

प्रकाशित: ३० फाल्गुन २०७९ ११:२३ मंगलबार

जसपाका बारा जिल्ला अध्यक्ष अजय पटेल जग्गा किर्ते